‘जुलेबी’को फस्टलुक सार्वजनिक

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

काठमाडौं । फिल्म ‘जुलेबी’ को फस्टलुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।

गणेश देव पाण्डेको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय छ ।

चार नारीको कथामा निर्माण भएको फिल्ममा नारीका अनेक रूपको कथा बुनिएको छ । फिल्मको निर्माता आभा शर्मा नेपाल छन् ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । विवेक खड्काको छायाङ्कन, अन्जय खड्काको सम्पादन रहेको फिल्मको कार्यकारी निर्माता नवीन भट्ट छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट