राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

रंग नेपाल २०७९ फागुन २५ मा प्रकाशित

काठमाडौं  । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

आज बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए ।

कुल ८८४ जना मतदातामध्ये ८३१ मत खसेको थियो । मतदानमा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।

यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट