मन्दिर रंग, वर्ण, धर्म र जातको लागि हैन् सबै मानिसको लागि खुल्ला हुनुपर्छ : सद्गुरु वासुदेव

रंग नेपाल २०७९ फागुन २६ मा प्रकाशित

काठमाडौं । ईशा फाउण्डेशनका संस्थापक, आध्यात्मिक तथा योग गुरु सद्गुरु जग्गी वासुदेवले मन्दिर कुनै पनि रंग,वर्ण, धर्म र जातको लागि भन्दा पनि सबै मानिसको लागि खुल्ला हुनुपर्ने बताएका छन् ।

लिङ्ग भैरवी देवी मन्दिरको प्राण–प्रतिष्ठापछिको भैरवी उत्सवका क्रममा काठमाडौंको टुँडिखेलमा बोल्दै उनले नेपालको मन्दिरहरुमा हिन्दुहरु मात्र छिर्ने भन्ने नियमहरुलाई परिवर्तन गर्न आवश्यक भएको बताएका हुन् ।

मन्दिरहरु सबै प्रकारको मानिसको लागि सधै खुल्ला हुनुपर्छ । रङ्, रुप, जात भनेर कसैलाई पनि छुटाउनु हुदैँन् । अर्को कुरा भनेको मन्दिरहरु मानिसको लागि मात्रै खुल्ला हुनुपर्ने बादरहरुले मान्छेलाई नै बाहिर निकाल्छ । कुनै ठाँउमा गेटमा बसेर तपाई हिन्दु हो कि विदेशि हो भनेर रोकि रहेको थियो । त्यस्तो नगर्नु किनभने त्यो उनिहरु फेरि पनि फर्केर आउँछ तर त्यो पटक मन्दीरमा पुज्न होईन मन्दीरहरुलाई प्रभाव पार्न, नोक्सान पुर्‍याउन आउँछन् ।

गेटमा बसेर तपाई हिन्दु हो कि विदेशि हो भनेर रोक्नु राम्रो नभएको भन्दै उनले उनिहरु फेरि पनि फर्केर आउँछ तर त्यो पटक मन्दिरमा पुज्न होईन मन्दिरहरुलाई नोक्सान पुर्‍याउने उदेश्यले आउने उनको भनाई छ । उनले मन्दिरमा भएका बाँदहरुलाई व्यवस्थापन गर्न पनि सुझाव दिएका छन् ।

मन्दिर कुनै पनि रंग, वर्ण, धर्म र जातको लागि भन्दा पनि सबै मानिसको लागि खुल्ला हुनपर्छ । नेपालको मन्दिरहरुमा हिन्दुहरु मात्र छिर्ने भन्ने नियमहरु छन् । तर पर्यटकहरु नेपालकै मन्दिर हेर्न आउने हुँदा सबैले छिर्न पाउनु पर्छ । मन्दिरमा भएका बाँदरहरुको व्यवस्थापन गर्नुपर्छ । पर्यटनकै लागि भएपनि मन्दिरहरुलाई व्यवस्थित गर्ने र सबै आन्तरिक तथा बाह्य पर्यटकहरु मन्दिर जान पाउनु पर्ने उनको भनाई छ ।

टुँडिखेलमा जारी भैरवी उत्सवमा सयौं मानिस सहभागी रहेको थियो । सो कार्यक्रममा सद्गुरुले देवीका विभिन्न पक्षबारे चर्चा गर्नुका साथै साउण्डस् अफ इशा एवम् इशा संस्कृतिको सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुती समेत प्रर्दशन गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट