बिहे पासको ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक

रंग नेपाल २०७९ फागुन २६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेका छन् ।

प्रवेश पौडेल निर्देशित चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका विभिन्न खिचिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।

शिव ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र नयाँ वर्ष २०८० मा रिलिज हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट