चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ फागुन २६ मा प्रकाशित

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्म आगामी चैत १७ गते रिलिज हुँदैछ ।

ट्रेलरमा चलचित्रका प्रमुख तीन कलाकार शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन् ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट