‘जाने भए जाऊ’ गीत सार्वजनिक

रंग नेपाल २०७९ चैत २ मा प्रकाशित

काठमाडौं । गायक रूपक डोटेलको नयाँ गीत ‘जाने भए जाऊ’ सार्वजनिक भएको छ ।

सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको हो । ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

मनोज चौलागाईंको सङ्गीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् । टेकेन्द्र शाहले भिडियो निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा विकास लामिछाने, ऋचा थापा र अशोक घिमिरेको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट