हरिवंश आचार्यको ‘काउली’ गीत सार्वजनिक

रंग नेपाल २०७९ चैत ४ मा प्रकाशित

काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको ‘काउली’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त लोक लयमा आधारित गीतमा आचार्यसँगै चर्चित गायिका शान्तिश्री परियारको समेत स्वर रहेको छ । गीतको भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् ।

सरोज ओलीले गीतको भिडियो निर्देशन गरेका छन् । गीत मार्फत चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ ।

यो गीतको श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट