गायक सिंहको ‘बलेको आगो-२’ सार्वजनिक

रंग नेपाल २०७९ चैत ७ मा प्रकाशित

काठमाडौं । गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका छन् । गुरुङको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

प्रेम र मिलनमा आधारित यस गीतको म्युजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहको अभिनय रहेको छ । राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ ।

धेरै पढिएका

पछिल्ला अपडेट