गायक रवि रिमालको “साथी त्यो मेरो, चुतिया साले” सार्वजनिक

रंग नेपाल २०७९ चैत ९ मा प्रकाशित

काठमाडौं । सदाबहार गायक रवि रिमालले नयाँ वर्षको उपहारको स्वरुप नयाँ म्युजिक भिडियो “साथी त्यो मेरो, चुतिया साले” लिएर आएका छन् ।

“साथी त्यो मेरो, चुतीया साले”को आज म्युजिक भिडियो सार्वजनिक भएको छ । बालापनका साथीहरुलाई आगामी नयाँ वर्षमा भेट गराउने अपेक्षा सहित यो म्युजिक भिडियो सार्वजनिक उनले बताएका छन् । आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको गीतमा गायक रिमालको स्वर, शब्द, संगीतसँगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ ।

विभिन्न विषय वस्तु, जीवनका घटनाक्रमलाई गीत संगितको माध्यमबाट प्रस्तुत गर्न अव्वल गायक तथा सर्जक रिमालको आज सार्वजनिक गरिएको गीतमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ ।

गायक रिमालले गीतले बाल्य अवस्थाको सम्झना गराउँदै आफ्नो बालापनको साथीहरुसँग सम्पर्क र आत्मीयता बढाउने अपेक्षा लिएको बताउँछन् । जीन्दगीमा कुनै पनी उमेर समुह फर्किएर नआउने तर त्यतीबेलाका यादहरु भने ताजै रहने भएकाले पनि गीतले आफ्ना बालासाखाको जीन्दगीलाई र यादहरुलाई ताजा बनाउने गायक रिमालको भनाइ छ ।

बहुचर्चित गीत “चरी उड्यो बादल छुनलाई” पछी आफुले अहिलेसम्मा पछाडि फर्केर हेर्नु नपरेको बताउँदै उनले निरन्तर आफ्नो सांगितिक यात्राालाई अगाडि बढाउन थप हौसला मिलेको बताए ।

गीतमा गायक रिमालको स्वर, शब्द, संगीतसँगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ ।

नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ । डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछिल्लो समय थुप्रै सांगितिक कार्यक्रमहरुमा बाक्लै देखिन थालेका छन । गायन र संगीतसँगै उनले पछिल्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन् । आँफैले गरेको केही एरेन्जहरु बजारमा आइसकेको र केही आउने तयारीमा रहेको र दर्शक श्रोताबाट पनि राम्रो प्रतिकृयासंगै थप हौसला प्रदान भएको पनि उनले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट