वरिष्ठ सञ्चारकर्मी ताम्राकारको निधन

रंग नेपाल २०७९ चैत १० मा प्रकाशित

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति ८६ वर्षको उमेरमा निधन भएको हो ।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानका अभियान्ता समेत थिइन् । लाखौं श्रोता उनको आवाजको प्रसंशक छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट