गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी

रंग नेपाल २०७९ चैत १३ मा प्रकाशित

काठमाडौं । गायक दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी परेको छ ।

दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् । शनिबार काठमाडौंको टोखामा दुर्गेशसहितको तीनजनाको समूहले आफूमाथि कुटपिट गरेको रिदमले उजुरीमा उल्लेख गरेका छन् ।

उनले आफ्नो सुनको सिक्रीसमेत हराएको बताएका छन् । प्रहरीले दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट