चलचित्र ‘मिरा : स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

रंग नेपाल २०७९ चैत १४ मा प्रकाशित

काठमाडौं । निर्देशक अनिता पण्डितको निर्देशनमा निर्माण हुने लागेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त गरिएको छ ।

सोमबार काठमाडौंको मैतीदेवी मन्दिरमा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको शुभमुहुर्त कार्यक्रममा चलचित्रका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमुख अभिनय रहनेछ । आश्वि फिल्मसले निर्माण गरेको यस चलचित्रका लाइन प्रोड्युसर शंकर कार्की हुन् । चलचित्रमा एलिश कार्कीको संगीत रहनेछ ।

यो चलचित्रको छायांकन यसै साताबाट सुरू हुने निर्माण टिमले जानकारी दिएको छ । शिवपुरी, पाटन, रानीवन लगायतका स्थानहरुमा यसको छायांकन हुनेछ ।

एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा चलचित्र बन्न लागेको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट