फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ चैत १७ मा प्रकाशित

काठमाडौं । बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

तीन मिनेट १० सेकेन्ड लामो ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षाको साथमा अभिनेता नरेन खड्का र बिराज बिष्ट शीर्ष भूमिकामा छन् ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइकाको समेत अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट