कमल के क्षेत्रीको ‘मन’ म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ चैत १७ मा प्रकाशित

हेटौंडा । हेटौंडाका लोकप्रिय गायक कमल के क्षेत्रीको आवाजमा रहेको ‘मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहीबार राम नवमीको अवसरमा म्युजिक भिडियो उनको आफ्नै कमल के क्षेत्री नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पर्यटकीय क्षेत्र जुरेथुममा छांयाकन गरिएको भिडियोमा अध्यात्म र पर्यटनलाई जोडिएको छ । जुरेथुममा श्रीकृष्ण भगवानको पूर्ण कदको ५२ फिट अग्लो मूर्ति रहेको छ ।

म्युजिक भिडियो ४ मिनेट ३० सेकेन्डको रहेको छ । गीतमा मान्छेको मनको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा गायक क्षेत्री आफैले अभिनय गरेका छन् । साधु सन्तनुदासको शब्द तथा सुजिल कर्मचार्यको संगीत संयोजन रहेको भिडियो सन्दिप न्यौपानले छांयाकन गरेका हुन् ।

यसअघि गायक क्षेत्रीले ‘आई लव यु, ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट