रविविरूद्व लागेका युवराज पौडेलले राष्ट्रियगानसमेत गाउन नजानेपछि…

रंग नेपाल २०७९ चैत २३ मा प्रकाशित

काठमाडौं । युवराज पौडेल सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व लागेर चर्चामा छन् ।

अहिले उनी रविलाई राहदानी विवादमा निर्दोष सावित गर्ने सरकारी निकायविरूद्व नै लागिरहेका छन् । यसैबीच, रवि लामिछाने नेपाली नागरिक नरहेको आरोप लगाउँदै आएका युवराज आफैँले भने राष्ट्रियगानसमेत गाउन नसकेको एक भिडिओ सार्वजनिक भएको छ ।

काठमाडौंस्थित रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीचमा राष्ट्रियगानका क्रममा उनले राष्ट्रियगानसमेत गाउन नसकेका हुन् । उनी राष्ट्रियगानकोबीचमा अल्मलिएर दायाँबाँया नजर डुलाइरहेका देखिन्छन् । मिडियामा आएर राष्ट्रियताको भाषण गर्ने पौडेल आफैँले राष्ट्रियगानसमेत गाउन नसक्नु लाजमर्दो विषय नै हो ।

धेरै पढिएका

पछिल्ला अपडेट