कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का

रंग नेपाल २०७९ चैत २७ मा प्रकाशित

काठमाडौं । उदिराम खड्काको अध्यक्षतामा नेपाल साँस्कृतिक कलाकर्मी संघको नयाँ कार्यसमिति चयन भएको छ ।

काठमाडौंमा आइतबार सम्पन्न संघको पाँचौं महाधिवेशनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रुक्मिणी गिरी, सन्तोष गुरुङ्ग, महिला उपाध्यक्ष सन्ध्या सानू घतानी निर्वाचित भएकी छिन् । त्यस्तै महाधिवेशनले कोशी प्रदेश अध्यक्षमा कबिता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेश प्रसाद हाडा र गण्डकी प्रदेशमा रामजी खाँणलाई चयन गरेको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा खुमबहादुर केसी, कर्णाली प्रदेशमा कृष्ण रेउले र शुदूरपश्चिम प्रदेशमा सुरत रावत निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा लिलाधर भट्टराई (लिगेस) निर्वाचित हुँदा उप–महासचिवमा दीपक भण्डारी, हिक्मत शाही क्षितिज र पवन चुकाह निर्वाचित भएका छन त्यस्तै कोषाध्यक्षमा दीपेन्द्र आले र सह कोषाध्यक्षमा जालुमाया गुरुङ्गलगायत १८ जना सदस्य निर्वाचित भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट