भुवन केसीविरुद्ध दीपकराज गिरीको आक्रोश

रंग नेपाल २०७९ चैत २९ मा प्रकाशित

काठमाडौं, २९ चैत । चलचित्र विकास बोर्डले आफ्नो फिल्मको कमाइ बारे गलत रिपोर्ट सार्वजानिक गरेको भन्दै बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध अभिनेता दीपकराज गिरीले आक्रोश व्यक्त गरेका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आक्रोश व्यक्त गरेका हुन् ।

आफ्नो चलचित्र ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै गिरीले भनेका छन्ः

चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ
यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..

गिरीले बोर्डको अध्यक्षमा केसी नियुक्त भएर आएपछि चलचित्र क्षेत्रभित्र लफडै लफडा भएको टिप्पणी गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट