‘सकम्बरी’ गीत विवादमा, प्रकाश भने अमेरिकामा

रंग नेपाल २०८० वैशाख ५ मा प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी विवादमा परेको छ । युट्युबमा रिलिज दोस्रो दिनबाटै युट्युबको ट्रेन्डिङ एकमा कब्जा जमाइरहेको गीत विवादमा तानिएको हो ।

गीतमा प्रयोग भएका शब्दहरू र देखाइएका दृश्यहरूलाई लिएर कतिपयले आपत्ति जनाइरहेका छन् । गीतमा महिलालाई गलत देखाउने प्रयास भएको भन्दै महिला अधिकारकर्मीहरूले आपत्ति जनाइरहेका छन् ।

गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको आरोप लागिरहेको छ । यसअघि सपुतको पीर शीर्षकको गीत पनि विवादमा तानिएको थियो ।

गीतको भिडियोमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए । व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए । गीत विवादमा पर्दा सपुत भने अमेरिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट