‘सकम्बरी’ बाट हिट कुशुम को हुन् ?

रंग नेपाल २०८० वैशाख ७ मा प्रकाशित

काठमाडौं । प्रकाश सपूतको नयाँ गीत सकम्बरी अहिले चर्चामा छ । गीत विवादमा पनि तानिएको छ । गीतमा प्रयोग गरिएको शब्द र देखाइएका दृश्यहरूलाई लिएर कतिपयले आपत्ति जनाइरहेका छन् । गीतमा महिलालाई अपमान गर्न खोजिएको उनीहरूको आरोप छ ।

यही गीतबाट हिट भएकी छिन् गीतकी सकम्बरी अर्थात कुशुम शर्मा । कुशुम अहिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन् । कुशुम गायक सपूतका भाइ सुनिलको माध्यमबाट सकम्बरीमा जोडिएकी हुन् । सुनिल र उनी फेसबुक फ्रेन्डका रूपमा केही वर्ष अगाडि जोडिएका थिए ।

म्यासेन्जरमा कहिलेकाहिँ कुरा गर्थे । उनी फेसबुको स्टोरीमा आफ्नो भिडियो तथा फोटो अपलोड गरि रहन्थिन्। उनले अपलोड गरेको फोटो तथा भिडियोमा सुनिल लाइक कमेन्ट गर्थे । सुनिल आफ्ना दाइको नयाँ गीतको भिडियोका लागि उपयुक्त पात्रको खोजी गरिरहेका थिए ।

कुशुमले फेसबुकमा हालेको भिडिओ देखेर सुनिलले कुशुमलाई अभिनयको अफर गरे । कुशुमले पनि गीत मन परेर प्रस्ताव स्वीकार गरिन् र एकैपटकमा हिट भइन् । कुसुम शर्मा मात्र २० वर्षकी भइन् । उनी नर्सिङ सकेर विदेश जाने सोचका साथ अंग्रेजी भाषा (आईईएलटीएस्) गर्न गत वर्षको असारमा काठमाडौं आएकी हुन् ।

नवलपुरमा जन्मिएर हुर्किएकी कुसुमको परिवार अहिले चितवन सरेको छ । आमा बुबा र परिवार उतै चितवनमा बस्छन् । उनी पढ्न काठमाडौंमा बस्छिन् । कुसुमलाई सानैदेखि अभिनयको रहर थियो। जुन अवसर प्रकाशको गीतबाट पाइन् । राम्रो अफर आए चलचित्र खेल्न मन भएको उनी बताउछिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट