झुटो समाचार बनाउने युट्युव च्यानल विरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

रंग नेपाल २०८० वैशाख ७ मा प्रकाशित

मुम्बई । ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् ।

यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० अप्रिल अर्थात आज नै यस विषयमा सुनुवाइ गर्नेछ ।

दैनिक भाष्करका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोबैज्ञानिक रुपमा त्रसित बनाएको र उनीहरुका कारण आफु पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपील गरेकी छिन्। उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा बिपक्षी बनाएकी छन् । बच्चन परिवारले यस पिटिशनको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट