अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘प्रसाद २’

रंग नेपाल २०८० वैशाख २२ मा प्रकाशित

काठमाडौं । नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।

गत शुक्रबाट नेपालमा प्रदर्शनमा आएको फिल्म वैशाख २८ गतेबाट अष्ट्रेलियामा प्रदर्शन हुने भएको हो ।

फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले प्रदर्शन गर्ने भएको हो ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने बताइएको छ ।

फिल्म अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा प्रदर्शन हुने जनाइएको छ ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, विशाल पहारी र महेश त्रिपाठी अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट