फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० वैशाख २७ मा प्रकाशित

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ । यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्मको निर्माण पक्षले बताएको छ ।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन् । यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ ।

फिल्ममा कृति, प्रभास, बाहेक सैफअली खान, अमिताभ बच्चन, काजोल, सन्नी सिंह, कीर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय रहेको छ । फिल्म जुन १६ मा प्रदर्शमा आउने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट