चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक

रंग नेपाल २०८० वैशाख ३० मा प्रकाशित

काठमाडौं । बहुपति प्रथाको कथावस्तुमा आधारित चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक भएको छ ।

आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने चलचित्रको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई प्रस्तुत गरिएको छ ।

बहुपतिप्रथाको कथावस्तुमा आधारित रहेर निर्माण भएको चलचित्रमा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

देवजङ्ग थापाद्वारा निर्देशित चलचित्रमा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् ।

चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्रलाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट