‘भष्मे डन’को छायांकन सकियो

रंग नेपाल २०८० जेठ ७ मा प्रकाशित

काठमाडौं । विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’ को छायांकन सकिएको छ । पशुपतिमा मन्दिर परिसरमा अन्तिम दृश्य सुटिङ गर्दै फिल्मको इन्ड-क्याप गरिएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र के खनालका अनुसार लगभग दुई महिनामा फिल्मको छायांकन सकिएको छ । खगेन्द्र लामिछाने फिल्मका निर्माता तथा लेखक छन् ।

फिल्ममा विपीनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।

यो फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथि निर्माण भएको हो । फिल्म आगामी कात्तिक ४ गतेदेखि प्रदर्शन हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट