नेपाल घुमाउने सुगतलाई अजित कुमारले दिए १२ लाखको बीएमडब्लु बाइक उपहार

रंग नेपाल २०८० जेठ १० मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमारले हालै बाइकमा नेपाल र भुटान भ्रमण गरेका छन् ।

नोभेम्बरदेखि बाइक यात्रा सुरू गरेका अजितले मे ६ मा आफ्नो यात्रा अन्त्य गरेका हुन् । उनले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए ।

आफ्नो यात्रा सकिएपछि अजितले सुगतलाई १२ लाख भारू मूल्यको बिएमडब्लु सुपरबाइक उपहार दिएका छन् । सुगतले इन्स्टाग्राममार्फत अजितका लागि दुई पटक बाइक यात्रा आयोजना गरेको बताएका छन् ।

‘२०२२ को अन्त्यमा म भाग्यशाली रहें । तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टारमध्येका एक अजित कुमारको सम्पर्कमा आउन सकें । मैले उनका लागि उत्तरपूर्व क्षेत्र भ्रमणको आयोजना गरें । उनको सवारी पछ्याउँदै नेपाल भ्रमण गर्ने वाचा गरे । मसँग भुटान (उनको विश्व भ्रमण योजनाको एक हिस्सा) पनि थियो जुन हामीले भर्खरै मे ६ मा पूरा गर्‍यौं । यात्रामा हामीले धेरै अविस्मरणीय सम्झना सिर्जना गर्‍यौं, थुप्रै माइल दौड्यौं । धेरै सुन्दर सूर्यास्त र सूर्योदय देख्यौं ।’ सुगतले भनेका छन् ।

अजितले आगामी नोभेम्बरमा पुनः बाइक यात्रा थाल्ने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट