चलचित्र कलाकार संघद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

रंग नेपाल २०८० जेठ १४ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहीनता, अनियमितता न्यूनिकरणका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाइ गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो । संघको परिचयपत्रवाहक कलाकारलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्र प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षणपत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ ।

विशिष्ट चलचित्रकर्मीलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौँ रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन अनुरोध गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासका लागि बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्रतिनिधिमण्डलमा सहभागी संघका अध्यक्ष निरौलाले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट