घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक

रंग नेपाल २०८० जेठ १४ मा प्रकाशित

गुल्मी । गुल्मीमा एक बाबुले घरायसी विवादमा आफ्नै छोराको नाक काटिदिएका छ्न् ।

शनिबार दिउँसो जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसिँयाले काटिदिएको प्रहरीले जानकारी दिएको छ ।

घरयासी विवादका क्रममा दिलबहादुरले छोराको नाक काटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले बताए ।

उनका अनुसार बाबुरामको नाकमा गहिरो चाट लागेको छ । उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको छ । नाक काट्ने बाबु दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट