पाँचौँ सगरमाथा म्युजिक अवार्डको आवेदन खुला

रंग नेपाल २०८० जेठ १६ मा प्रकाशित

काठमाडौं । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८०’ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाँचौं संस्करणको लागि आवेदन खुला भएको छ ।

अर्थ नेपालको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण सम्पन्न भइसकेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले बताए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

सहारा गु्रप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।

गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।

त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिनेछ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट