विदेशी गायक लितेले गाए एलिना चौहानको ‘पागल बनायौ’

रंग नेपाल २०८० जेठ १८ मा प्रकाशित

काठमाडाैं । भर्खरै रिलिज भएको ‘पागल बनायौ’ बोलको गीत लिते नाम भएको विदेशीले गाएका छन् ।

सुजन कोइरालाको शब्द र नबिन कार्कीको संगीतमा भएको उक्त गीत केही महिना अघि एलिना चौहानको आवाजमा डिजिटल चिम्पान्जी च्यानलमा निस्केको थियो ।

विदेशी गायक लितेले गाएको उक्त गीत नेपाली गीत संगीत रूचाउनेहरूले रूचाएका छन्।

लिते टिकटकमा अन्य नेपाली गीतहरूको अंश गाएर नेपाली टिकटकर सामु चिरपरिचित नाम हो । तर, पागल बनायौ पहिलो आधिकारिक नेपाली गीत हाे ।

बिशाल निरौलाको एरेन्जमा निस्किएको यस गीत धोका दिएर जाने मायालुको सम्झना पोखेको बेदना दर्शाउन खोज्को देखिन्छ र गीतप्रतिको माया देखेर चाँडैनै म्युजिक भिडियो लिएर आउने टिमले जानकारी दिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट