सुजन शिवाकोटीको ‘भुक्के चप्पल’ सार्वजनिक

रंग नेपाल २०८० जेठ २० मा प्रकाशित

काठमाडौं । गायक सुजन शिवाकोटीले भुक्के चप्पल बोलको गीतको भिडियो बजारमा ल्याएका छन् ।

गायककै शब्द तथा संगीत रहेको गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकार सुरवीर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नवीना सिलवाल (खुईली)को अभिनय रहेको छ।

भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ ।

भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका छन् ।

शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट