हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो, चलचित्रमा सुनको इतिहासको झल्को

रंग नेपाल २०८० जेठ २० मा प्रकाशित

हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली चलचित्र ‘नम्बरी सुनको’ प्रिमियर शो भएको छ ।

शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो । हेटौंडा निवासी नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो ।

आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले बताए । चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको छ । सुन सँग जोडिएर बनाइएको चलचित्र एउटा सामाजिक कथावस्तु रहनुका साथै गाउँघरमा हुने सुनारलाई हेर्ने गाउँका काजीहरुको नजरलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताए ।

गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहारीले बताएका छन् ।

प्रिमियर शोमा चलचित्रका निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहाडी, किरण नेपाली लगायतको उपस्थिती रहेको थियो ।

चलचित्रमा गौरव पहारी, किरण नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती र मनोज रिजाल रहेका छन् ।

चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट