मदनकृष्ण श्रेष्‍ठको मोतीविन्दुको शल्यक्रिया

रंग नेपाल २०८० जेठ २३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याललगायतको समूहले श्रेष्ठको आँखाको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीविन्दु शल्यक्रिया पश्चात् राखिने लेन्स) राखिएको छ ।

‘मोती बिन्दुको शल्यकृया गर्दा आफ्नै देशको तिल गंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्ब महसुस भएको छ,’ कलाकार श्रेष्ठले फेसबुकमा लेखेका  छन्,’ डा.सन्दुक रूईत, डा.रिता गुरूङ्ग, डा. गोबिन्द पौड्याल तथा सम्पूर्ण टिमको जय होस ।‘

धेरै पढिएका

पछिल्ला अपडेट