अभिनेता नवाजुद्दीनलाई ट्रान्सजेन्डर बन्न ६ महिना लग्यो

रंग नेपाल २०८० जेठ २७ मा प्रकाशित

मुम्बई । अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो । नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन् ।

फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन् ।

नवाजुद्दीनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए । ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए । किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महशुस गरेका थिए’,उनले भनेकी छन् । राधिकाले नवाजुद्दीनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ

धेरै पढिएका

पछिल्ला अपडेट