गरिबको चमेली…’ गीत गाउँदै राष्ट्रिय सभागृह अगाडि प्रदर्शन (तस्वीरहरु)

रंग नेपाल २०८० साउन १३ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र युवाहरूको समूहले आज राष्ट्रिय सभागृह अगाडि गीत गाएर प्रदर्शन गरेका छन् । जवाफदेहिता, नगर प्रहरीहरूको ज्यादती, गैरकानुनी कदमका विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ठेला गाडा र साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका उनीहरूले ‘गरिबको चमेली…’ गीत गाएका थिए । विभिन्न ब्यानर र प्ले–कार्ड बोकेका युवाहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ‘बालेन’को कार्यकक्ष सभागृह गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र युवाहरूको साथमा काठमाडौंमा फुटपाथ सडकमा व्यापार गर्नेहरू पनि सहभागी भएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट