गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

रंग नेपाल २०८० साउन १७ मा प्रकाशित

काठमाडौं । अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ । टेलरले २२ र २३ जुलाईमा सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पमापन गरिएको बिबिसीले जनाएको छ ।

उक्त कम्पन फ्यान वा ध्वनि प्रणालीका कारण भएको भूकम्पविद् ज्याकी क्याप्लान–अउरबाचले बताए । दुई रात भएको उक्त कन्सर्टमा करिब १ लाख ४४ हजार दर्शक सहभागी थिए । यस शोले सन् २०११ मा सिएटल सहरमा भएको रेकर्ड तोडेको छ ।

सन् २०११ मा न्यु अर्लिस सेन्ट्सविरूद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए ।

पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक क्याप्लान–अउरबाचका अनुसार टेलरको कन्सर्ट र फुटबल खेलबीच कम्पनको भिन्नता ०.३ रेक्टर स्केल मात्र रहेको छ । तर टेलरको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट