‘केपी बा’चैँ वास्तवमै प्रभावशाली लाग्योः रीमा विश्वकर्मा

रंग नेपाल २०८० साउन १९ मा प्रकाशित

काठमाडौं । कलाकार रीमा विश्वकर्माले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

हिजो बिहीबार भक्तपुरको बालकोटस्थित ओलीकै निवास पुगेर विश्वकर्माले ओलीसँग भेटघाट गरेकी हुन् ।

विश्वकर्माले आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको समेत उल्लेख गरेकी छन् । ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ ।’ अध्यक्ष ओलीसँग भेटघाट गरेको तस्वीर फेसबुकमा राख्दै विश्वकर्माले भनेकी छन्, ‘नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चैँ वास्तव मै प्रभावशाली लाग्यो ! परिवर्तन रूचाउने नयाँ पुस्ताले यी पाका नेता को अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !’

अध्यक्ष ओलीले पनि कलाकार विश्वकर्मासँग भेटघाट गरेको तस्वीर फेसबुकमा राखेका छन् । शुक्रबार फेसबुकमा लेख्दै ओलीले भनेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्वीरसँगै सबैलाई नमस्कार, शुभ बिहानी ! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! गुड फ्राइडे !!!’

धेरै पढिएका

पछिल्ला अपडेट