आज साउनको अन्तिम सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो (तस्वीरहरु)

रंग नेपाल २०८० साउन २९ मा प्रकाशित

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयका मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिनालाई भगवान शिवको विषेश महिना मानिन्छ । साउनमा शिवको पूजा आाराधना सहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् ।

साउनभर व्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमबार शिवको पूजा आराधान गरे मनोकाक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट