‘कबड्डी’का निर्देशक रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाउँदै

रंग नेपाल २०८० साउन २९ मा प्रकाशित

काठमाडौं । चर्चित फिल्म ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङको निर्देशनमा नयाँ फिल्म ‘डिग्री माइला एमए थर्ड क्लास’ बन्ने भएको छ ।

सोमबार निर्देशक गुरुङले फेसबुकमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् ।

‘बाँसुरी फिल्म्स प्रोडक्सनबाट हाम्रो आगामी फिचर फिल्म ‘डिग्री माइलाः म थर्ड क्लास ‘ घोषणा गर्न पाउँदा खुशी लागेको छ । यो नेपाली नयाँ वर्ष २०८१ मा रिलिज हुनेछ ‘ । गुरुङले फेसबुकमा लेख्दै भनेका छन् ।

बासुरी फिल्म्स प्रोडक्सन ब्यानरमा निर्माण हुने फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिने बताइएको छ ।

फिल्ममा मुख्य भूमिका अभिनेता दयाहाङ राईको हुनेछ । दयाहाङबाहेक अन्य कलाकारहरू तय हुन बाँकी रहेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट