एमाले अध्यक्ष ओली डोलेश्वर मन्दिरमा

रंग नेपाल २०८० साउन ३० मा प्रकाशित

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली साउनको अन्तिम सोमबारका दिन भक्तपुरस्थित डोलेश्वर महादेवको मन्दिर परिसरमा आयोजना गरिएको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् ।

सोमबार साँझ डोलेश्वर महादेव मन्दिरमा आयोजित सन्ध्याकालीन आरतीमा अध्यक्ष ओली र उनकी धर्मपत्नी राधिका शाक्य सहभागी भएका हुन् । सोमबार साँझ ६ः ३० देखि ८ बजेसम्म चलेको सन्ध्याकालीन आरतीमा भक्तजनहरूको उल्लासमय सहभागिता रहेको थियो ।

आरतीमा पूर्वमन्त्रीद्धय पद्मा अर्याल, महेश बस्नेत, बागमती प्रदेश सांसद किरण थापा, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, उपमेयर सरिता तिमसिना (भट्टराई), गायिका कोमल ओली तथा वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट