‘दान्भी’मा पूजाको एक्सन अवतार

रंग नेपाल २०८० साउन ३२ मा प्रकाशित

काठमाडौं ।  अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को एक्सन दृश्यको छायांकन भइरहेको छ ।

फिल्मको निर्माण पक्षले काठमाडौंको नैकापमा सेट नै लगाएर यसको क्लाइमेक्सका दृश्य खिचिरहेको छ । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्  ।

हरि लामा घलेको छायांकनमा तयार भइरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह-निर्माताको रुपमा छन् ।

दान्भीको क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको फिल्मका निर्देशक रुपेश तामाङले जानकारी । ‘फिल्मको क्लाइमेक्सका लागि हामी निकै मेहनत गरिरहेका छौ । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन अब नेपाली फिल्ममै देख्न पाउनुहुनेछ’, निर्देशक तामाङले भने ।

अभिनेत्री शर्माले उत्साहका साथ एक्सन दृश्यका लागि काम गरिरहेको बताइन् । ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नुभएको छैन । मैले पनि आफूले सकेको मेहनेत गरिरहेको छु । आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछु’, पूजाले भनिन्।

धेरै पढिएका

पछिल्ला अपडेट