गणपति चलचित्रको गीत रिलिज अगावै हिट !

रंग नेपाल २०८० भदौ २ मा प्रकाशित

काठमाडौं । चलचित्र गणपतिको ‘उन भित्र गुण फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला’ बोलको गीत टिकटकलगायत सामाजिक सञ्जालमा रिलिज अगावै हिट भएको छ ।

शंकर अधिकारी घायलको रचना र बाबुल गिरीको संगीत रहेको उक्त गीतको सामाजिक सञ्जालमा चर्चा चल्न थालेको हो । चलचित्र गणपति नेपालसँगै विश्वभर एक साथ प्रदर्शनको मिति तय भएसँगै गीत पनि हिट भएपछि चलचित्रको व्यापार समेत बढ्ने ठानिएको हो ।

सबिन अधिकारीद्वारा लिखित तथा निर्देशित रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वर्ल्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ । चलचित्र अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ । रिजाल एन्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो । यही भदौ १४ गते प्रदर्शन हुने चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट