पाटनमा पञ्चदान पर्व मनाइयो

रंग नेपाल २०८० भदौ ७ मा प्रकाशित

काठमाडौं । ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ ।

बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।

विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो । नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरूलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट