विराट कोहली ‘कुटुमा कुटु सुपारी दाना’ गीतमा क्रिकेट मैदानमै नाचेपछि… (भिडियोसहित)

रंग नेपाल २०८० भदौ १९ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र भारतबीचको खेल अत्यन्तै रोमाञ्चक बन्यो ।

खेलमा पराजित भएपनि नेपालले भारतलाई राम्रै चुनौती दिएको थियो । श्रीलंकास्थित पल्लेके क्रिकेट स्टेडियममा भएको खेलमा ठूलो संख्यामा नेपाली दर्शकहरूको सहभागिता थियो । जसले नेपाली खेलाडिहरू हौसला बढाइरहेका थिए ।

नेपाली समर्थकले रंगशालमा नेपाली गीतसमेत घन्काएका थिए । जसले नेपाली खेलाडिहरूलाई घरेलु मैदानमै खेलिरहेको आभाष गराइरहेको थियो ।

यसैबीच, नेपाली समर्थकले बजाएको ‘कुटुमा कुटु सुपारी दाना’ गीतमा भारतीय क्रिकेटर विराट कोहलीले नृत्य गरेको दृश्यलाई दर्शकहरूलाई झनै रोमाञ्चित बनाएको थियो । विराटले नेपाली गीतमा डान्स गरेको विषयले अहिले नेपाल र भारतमा चर्चा पाएको छ ।

भारतका चर्चित सञ्चारमाध्यमहरूले विराटले गरेको डान्सको समाचार बनाएका छन् । पत्रपत्रिकाहरू टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन्।

 

धेरै पढिएका

पछिल्ला अपडेट