एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक

रंग नेपाल २०८० भदौ २१ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका सदस्य तथा एमाले बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेशकुमार बर्तौलाले सामाजिक सञ्जालमार्फत असोज ८ र ९ गते काठमाडौंमा हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा हिमालदेखि भित्री मधेशसम्मलाई समेटिएको छ । लोगोमा बागमती सभ्यतासहित काठमाडौंको पहिचान स्वरुप पशुपतिनाथ मन्दिर, बौद्व स्तुपा, धरहरा समावेश गरिएको छ । लोगोमा दोलखाको गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरीशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ ।

लोगोमा पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ । भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी चितवन सौराहाको एकसिंगे गैंडा र मकवानपुरको हेटौंडा स्थित शहिद स्मारकको शहिदको मूर्तिहरु राखिएको छ । लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट