‘मायावी’मार्फत चलचित्रमा कमब्याक गर्दै पल शाह

रंग नेपाल २०८० भदौ २२ मा प्रकाशित

काठमाडौं  । अभिनेता पल शाह चलचित्र ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका चलचित्रमा रुचाइने अभिनेता पल निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा देखिन लागेका हुन् ।

व्यक्तिगत समस्याका कारण डेढ वर्षपछि चलचित्रमा कमब्याकको तयारी गरिरहेका पलले अन्तत: दीवाकरको चलचित्रमामा हस्ताक्षर गरेका हुन् । निर्देशक दीवाकरले चलचित्रमा पललाई प्रमुख अभिनेताका रूपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर हजिो बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

चलचित्रमा भट्टराई स्वयम्को कथा रहनेछ । चलचित्रमा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रूपमा फाइनल भइसकेकी छिन् । चलचित्र ‘ऐश्वर्या’पछि दीवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

चलचित्रका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ ।

चलचित्रको छायाङ्कन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दीवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्या’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट