साहित्य संगम मकवानपुरको अध्यक्षमा डीबी बर्तौला

रंग नेपाल २०८० भदौ २४ मा प्रकाशित

मकवानपुर । साहित्य संगम मकवानपुरको अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संगमको १६औं अधिवेशनमा बर्तौलले ९७ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गरे । संगमको उपाध्यक्षमा सानु खनाल (१२१ मत) निर्वाचित हुँदा सचिवमा मनोज पोखरेल (११ मत) निर्वाचित भएका छन् । कोषाध्यक्षमा मनु तिमल्सिना र सहसचिवमा भावना तिमल्सिना न्यौपाने भने निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यहरुमा कुबेर परजुली (८३ मत), कृतिका लौडारी (९९ मत), रजनी पौडेल (१२४ मत) र स्वस्तिका बानियाँ (११८) निर्वाचित भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट