अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति तय

रंग नेपाल २०८० भदौ २५ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल ‘पुष्पाः द रुल’को प्रदर्शन मिति तय भएको छ।

सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै पुष्पा २ को प्रदर्शन मिति तय गरेको हो । फिल्म सन् २०२४ अगस्ट १५ अर्थात २०८१ साउन ३१ गतेदेखि प्रदर्शन हुनेछ ।

हाल फिल्मको छायांकन भइरहेको बताइएको छ । सन् २०२१ मा रिलिज भएको पुष्पाः द राइज बक्स अफिसमा सफल भएको थियो । पुष्पा सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट