शाहरूखको ‘जवान’ले ४ दिनमै कमायो ५ सय करोड

रंग नेपाल २०८० भदौ २५ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ले विश्व बक्स अफिसमा चार दिनमा नै ५ सय करोड भारु कमाइ गरेको छ ।

फिल्मले रिलिजको चौथो दिन विश्वभर १५६.८० करोड कमाइ गरेसँगै अहिलेसम्म कुल ५३१.२६ करोड भारु कमाइ गरेको हो ।

भारतीय बक्स अफिसमा भने फिल्मले आइतबार मात्र ८० करोड कमाइ गरेको थियो ।

जवानले रिलिजको पहिलो दिन विश्वभर १२५.०५ करोड, दोस्रो दिन १०९.२४ करोड र तेस्रो दिन १४०.१७ करोड कमाइ गरेको थियो ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।

 

 

धेरै पढिएका

पछिल्ला अपडेट