हरेकलाई भविष्य प्यारो लाग्ने भएर मलाई बालबालिका प्यारा लाग्छन्ः अध्यक्ष ओली

रंग नेपाल २०८० भदौ २९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बालबालिका प्यारा लाग्ने गरेको बताएका छन् ।

आज ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

आफू बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका आफूसँग आकर्षित हुन्छन् बारे आफैंलाई सोध्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुगेको समेत उनले उल्लेख गरेका छन् ।

शुक्रबार बिहान फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्ः

म कहिलेकाहीं सोच्छु – म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ! अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु। म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरुसँग लामो समय छ। हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ – मलाई बालबालिका प्यारा लाग्छन्। आज बाल दिवस – सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना !

धेरै पढिएका

पछिल्ला अपडेट