पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक

रंग नेपाल २०८० भदौ ३१ मा प्रकाशित

काठमाडौं । पशुपति मन्दिर वरपर मासु तथा मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

तीजलाई मध्यनजर गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरालगायत बेचबिखन तथा सेवनमा रोक लगाएको हो ।

तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ ।

धेरै पढिएका

पछिल्ला अपडेट